हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार बिहान ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्वर ५ तीनतल्लेमा ना ७ त ५०७२ नम्वरको खाली ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २३ वर्षीय सुमन लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट जुरेलीतर्फ जाँदै गरेको उक्त ट्रयाक्टरबाट खस्दा सोही ट्रयाक्टरको पछाडीको चक्काले किचेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।