हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ खोर भन्ज्याङको खेल मैदानमा भएको वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि घले युवा क्लव ए ले जितेको छ । घले युवा क्लव बि लाई ३–० गोल अन्तरले पराजित गर्दै घले युवा क्लव ए ले उपाधि जितेको हो ।

बिजेता घले युवा क्लव ए ले नगद २५ हजार रुपियाँ सहित मेडल, प्रमाण पत्र प्राप्त गरेको थियो भने उपबिजेता घले युवा क्लव बि ले नगद १० हजार रुपियाँ मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो ।

प्रतियोगितामा बेष्ट किपर भरत घले, सर्वाधिक गोलकर्ता सरोज घले र बेष्ट स्टाइगर रविन घले, म्यान अफ दि म्याच सुजन घले घोषित भए । प्रतियोगितामा घले युवा क्लव बि र कोलखोप युवा क्लव तथा घले युवा क्लव ए र धारापानी युवा क्लव बिच प्रतिष्पर्धा भएको थियो । पहिलो चरणको खेलमा घले युवा क्लव बि ले कोलखोप युवा क्लवलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै घले युवा क्लव ए ले धारापानी युवा क्लवलाई पराजित गर्दै सेमिफाइनलको यात्रा गरेको थियो ।

बिजेता तथा उपबिजेतालाई प्रमुख अतिथि बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, बकैया गाउँपालिका वडा नं. १२ का वडा अध्यक्ष अध्यक्ष ज्ञानेन्द्र बजगाईले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष गोपाल बहादुर नेसुर, ५ नम्बर अध्यक्ष लक्ष्मी जिम्बा र कार्यपालिका सदस्य लक्ष्मी माझी, बकैया खेलकुद बिकास समिति संयोजक बिजय लामा थिङ घले युवा क्लवका सिनियर म्यानेजनर तथा समाजसेवी रुपेन घले, बकैया गाऊँपालिका १२ नं. वडा खेलकुद विकास समिति संयोजक १२ किरण घले, स्थानीय भद्रभलाद्मी, इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी लगायतकाको सहभागिता रहेको थियो ।

बकैया गाऊँपालिका १२ नं. वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको थियो । ४ वटा टिमको सहभागिता रहेको प्रतियोगिता असोज १५ र १६ गते संचालन भएको थियो ।