काठमाडौँ । शेयर बजार आज पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.८१ अंकले घटेको हो । ०.६९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४५.५१ अंकमा ओर्लिएको छ । आज २१६ कमपनीका २१ लाख ५१ हजार ७ सय १४ कित्ता शेयर किनबेच हुँदा ६४ अर्ब ३६ लाख ७ हजार ९ सय ७५ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि होटल समूह र म्युचुअल फण्ड क्रमशः ३९.९९ र ०.०२ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी निर्जीवन बीमा समूह ५५.५१ अंकले घटेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीमा पोजेटिभि सर्किट लागेको छ । अभियान लघुवित्त, सयपत्री हाइड्रो र सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले क्रमशः १०, ९.९९ र ९.९४ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी पिपुल्प पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.४७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ७२ लाख १२ हजार ९ सय ३५.७० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन आइतबार बजार ९.६९ प्रतिशतले घट्दा ८० करोड ३५ लाख २५ हजार ५ सय ३३ रुपियाँ र सोमबार २.६१ प्रतिशतले बजार घट्दा ५१ करोड ५८ लाख १८ हजार ९ सय ९० रुपियाँ बराबरको कारोबार भएको थियो ।