

हेटौंडा । वैकल्पिक शक्तिको रुपमा स्थापना हुन अघि बढिरहेको लौरो अभियानलाई मकवानपुरका जनताले साथ दिएका छन् ।
मकवानपुरका बिभिन्न गाउँपालिकाहरुमा लौरो चुनाव चिन्ह लिएर मतदाता माझ पुगेका उम्मेद्वारहरुलाई जनताले साथ दिने बाचा गरेका हुन् । स्थानीय समस्या तथा सुझाव संकलन सहित घरदैलो अभियान जारी रहँदा पूर्वी मकवानपुरको बकैया गाउँपालिका तथा बागमती गाउँपालिकाका मतदाताहरुले ठुला दल प्रति आक्रोश पोख्दै अब नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको औल्याए ।
कार्यकर्ताको झुण्ड नलिई घर–घर पुगेका लौरो अभियानकर्मीहरुलाई स्थानीय जनताले स्वागत मात्रै गरेनन्, ठुला दलका नेताहरुलाई पटक पटक जिताएर पठाएपनि चुनाव सकिए पश्चात कहिल्यै गाउँ नर्फकेकोमा आक्रोश पनि व्यक्त गरे ।
चुनावी अभियान अन्र्तगत मकवानपुरको बागमती र बकैया गाउँपालिकाको बिभिन्न स्थानमा उम्मेद्वाहरु पुगेका थिए । उनीहरुले जनताको समस्या र सुझाव संकलन पनि गरेका थिए । हेटौंडा देखि बागमती गाउँपालिकाको राइगाउँ सम्मका मतदातालाई भेटेर आफ्ना कुरा उनीहरुले राखेका थिए ।
मकवानपुर क्षेत्र नम्बर–१ मा दिपेन्द्रचन्द ठकुरीले उम्मेदवारी दिएर चुनावी अभियानलाई अहिले तिब्रता दिएका छन भने क्षेत्र नम्बर– १ को (क) किशोर राना र (ख) बाट किशोर अर्यालले उम्मेदवारी दिएर जनताको घर घरमा पुग्ने अभियानलाई तिव्रता दिएका हुन् । जनताको सेवा गर्नका लागि लौरो अभियान मार्फत चुनावी मैदानमा होमिएको उम्मेद्वारहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्