हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ जितपुर भञ्ज्याङस्थितमा फास्टट्रयाक निर्माणको लागि राखिएको फलामको सामनहरु (निर्माण सामाग्री) चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बि.क, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन ।

प्रहरीका अनुसार फलामको सामनहरु अन्दाजी १२÷१३ कुईन्टल बराबरको रहेको छ। उक्त फलामको सामनहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा चोरी गरि लिएर जाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जितपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त बोलेरो गाडिलाई अगाडी अगाडी बाटो देखाउँदै हिड्दै गरेको बा५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बोलेरो, मोटरसाईकल र उक्त मानिसहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याइएको बताईएको छ ।
प्रहर खबरबाट