हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १६ र १७ मा रहेका तीन सहकारीहरु एक आपसमा एकीकरण भएको छ । हेटौंडा १७ कार्यालय रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा १६ कार्यालय रहेको सहकर्मी बचत तथा ऋण सहकारी संस्था लि. र चिसापानी बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण गरिएको हो ।

एकीकरण पश्चात बन्ने संस्थाको नाम आधुनिक एकता बचत तथा ऋण सहकारी संस्था लि. रहने एकीकरण कार्य सम्पादन कार्यदलका संयोजक गोबिन्द दाहलले बताए ।

एकीकरण साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सदस्यहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले सहकारी क्षेत्रमा आएका समस्याहरु प्रति सचेत हुन आग्रह गरे । संख्यात्मक भन्दा पनि गुणात्मक सेवा दिन सहकारी संस्थाहरुको एकीकरण आवश्यक रहेको समेत बताए ।

शनिबार हेटौंडा १६ चिसापानीमा भएको तीनै वटा सहकारीहरुको संयुक्त साधारणसभाले एकीकरण पश्चात बन्ने संस्था आधुनिक एकता बचत तथा ऋण सहकारी संस्था लि.को तदर्थ समिति चयन गरेको छ । समितिको अध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा गोगदान दंगाल, सचिवमा बिष्णुमान श्रेष्ठ, कोषाध्यक्षमा डा. बिजय नेपाल, सहसचिवमा महेश ढकाल चयन भएकाछन् ।

त्यस्तै सदस्यहरुमा ममता कार्की, बद्री प्रसाद लामिछाने, गोकुल तिमल्सिना, ललिता दाहाल, श्रीकृष्ण आचार्य, लेखनाथ ढकाल, नवराज न्यौपाने, सुमित्रा घिमिरे, यदुदेब सिलवाल, निर्मला भ्लोन चयन भएकाछन् ।

साधारण सभाले सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सागरनाथ बास्तोलालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा जयराम भण्डारी र शिबप्रसाद चौलागाई रहेकाछन् ।

अशोकबाटिका बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गोगदान दंगाल, सहकर्मी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मदन दाहाल, चिसापानी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा अध्यक्षता गरेको एकीकरण सभामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सचिव बिरेन्द्र प्रसाद ढुंगाना, हेटौंडा १७ का वडा अध्यक्ष उद्धव सत्याल, हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम शर्मा पौडेलको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

तीनवटा सहकारी एकीकरण पश्चात गठन भएको सहकारीको कुल शेयर सदस्य संख्या १ हजार ८ सय जना र कुल शेयर रकम २ करोड ८८ लाख ३६ हजार ६ सय रुपौंया पुगेको अध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताए । उनले संस्थाको कुल बचत १२ करोड ५० लाख ५३ हजार ४ सय ६९ रुपैंया र ऋण लगानी १४ करोड ४६ हजार ५ रुपैंया रहेका बताए ।

राज कुमार के.सी.
थप जानकारी