

हेटौंडा । देउसी खेल्न जाने क्रममा भीरबाट लडेर गम्भिर घाईते भएका एकजनाको मृत्यु भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, बाघचौरमा भीरबाट लडेर घाईते भएका ४१ वर्षीय सुकमान गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकजानपुरले जनाएको छ ।
बुधबार साँझ साढे ६ बजेको समयमा बाघचौर भिरबाट लडेर गम्भीर बनेका गोलेको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्