हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहले ३९ लाखको कारोवार गरेको छ । रानी सामुदायिक वनको सभाहलमा भएको २४ औं साधारणसभामा समूहका कोषाध्यक्ष रामहरि चौलागाई प्रस्तुत गरेको आर्थिक प्रतिवेदन यस्तो तथ्याङक सार्वजनिक गरिएको हो ।

साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा एकल महिला सदस्य अर्णकुमारी दाहाललाई दोसल्ला ओढाएर सम्मानित गरिनुको साथै नियमित बचतकर्ता दानमाया मानन्धर र नरबहादुर सापकोटालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, निर्देशन समितिका संयोजक त्रिविक्रम मानन्धर, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।

समूहमा हाल ५३ जना सदस्य रहेका छन् ।

भीमसेन पौडेल
थप जानकारी