हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आचार संहिता बिपरित बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले भोट माग्दै हिडेका छन् ।

उनले सार्वजनिक रुपमै निर्वाचन आचार संहिता बिपरित भोट मागेका हुन् । बागमती गाउँपालिका वडा नं.९ बेतिनीमा बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बाग्मती गाउँपालिकाका अध्यक्ष घलानले भोट मागेका हुन् ।

यता मकवानपुरका निर्वाचन आचार संहिता अधिकृत रमेश अर्यालले आचार संहिता उल्ङघन गरेको प्रमाण सहित आयोगमा उजुरी आए बैठक बसेर नियम अनुसार कार्वाही हुने बताए । उनले आफ्नो क्षेत्र भित्र जनप्रतिनिधिले चुनावी प्रचारप्रसारमा हिड्न नपाईने प्रतिक्रिया दिए ।