हेटौंडा । मकवानपुरको पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि काठमाण्डांैमा तीन दिने फोटो प्रदर्शनी हुने भएको छ ।

थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको ब्यवस्थापनमा काठमाडौंको बसन्तपुर (काल भैरव) डबलीमा यहि कार्तिक १८, १९ र २० गते फोटो प्रदर्शनी हुने थाहा नगरपालिकाले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नगरप्रमुख बिष्णु बहादुर बिष्टले हस्ताक्षर गरेको बिज्ञप्तीमा उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी फोटो प्रदर्शनी आयोजना गरिएको उल्लेख छ ।

कार्यक्रम स्थलमा सूचना केन्द्रको व्यवस्था गरिने छ भने प्रदर्शनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन स्वयंसेवकहरुको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका पर्यटकीय संभावना भएकोले प्राकृतिक सुन्दरता, हिमशृंखलाको दृश्यावलोकन, ऐतिहासिक मठ मन्दिर, लगाएत पर्यटन प्रबद्र्धनका लागि फोटोको माध्यमबाट चिनाई आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्न फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले बताए ।

यही कात्तिक १८ गते देखि आयोजना हुने फोटो प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको र सो कार्यक्रम सहित फोटो फोटो प्रदर्शनी अवलोकन गर्न सबैमा संयोजक श्रेष्ठले अनुरोध गरे ।

तीन दिन बिहान १० बजेदेखि ४ बजे सम्म हुने प्रदर्शनीमा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका विभिन्न विधाका करिव एक सय फोटो रहने आयोजकले जनाएको छ ।

राज कुमार के.सी.
थप जानकारी