हेटौंडा । ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरीलाई घुस दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा गाई ओसारपसार गरिरहेका पिकअपका चालकले कागजपत्रमा सात सय रुपियाँ घुस सहित प्रहरीलाई दिएका थिए ।

पश्चिम लोकमार्ग सडक खण्डमा सवारी जाँच गर्ने क्रममा चितवनबाट हेटौंडा आउँदै गरेको प्रदेश २–०४००१ च ००९० का चालक शेष रसुल गुलामले प्रहरीलाई सात सय रुपियाँ घुस दिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले जानकारी दिए । उनले प्रहरीलाई घुस दिने चालकलाई सार्वजनिक मुद्दा चलाउने तयारी गरेको जानकारी दिए ।

प्रहरीले बिशेष सूचनाका आधारमा शनिवार बिहान १ बजे ६ वटा पिकअप गाडि सहित अवैध रुपमा ओसारपसार भएको २९ वटा गाई तथा बाच्छा नियन्त्रणमा लिएको थियो ।