‘गर कि मर’ भन्दैछन् जनता अब ठिक्क भो
झोल बिनाको सुक्खा रोटी हिक्क हिक्क भो
काम गरिखान रोजगारी, शान्ति सुरक्षा देउन !
बुढाहरुको अनुहार कति हेर्नु वाक्क दिक्क भो ।
नगन्हाएका असल उमेदवारलाई मात्रै बोकौं
लाज नभएका नकच्चरालाई नो भोटले ठोकौं
कसले कति गर्न सक्छ भन्ने बुझिसकियो नि !
ठूला ठूला साँढेहरुलाई यसपाली झ्याप्पै रोकौं ।
घर चुहिने भएपछि टाल्नु पर्छ
ताप्के चुहिने भएपछि फाल्नु पर्छ
सबैका समय सीमा आफ्नै हुन्छन्
राँगा बोका मात्तिए भने ढाल्नु पर्छ ।
गुप्त बहादुर श्रेष्ठ
थप जानकारी