

सम्झि तिमिलाई कैयौं चोटि होस् हराएको छु
हराउँछ्यौ कि भिडमा भनी अति डराएको छु
आँखाको बाटो गरि मन भित्र तिमी पस्यौ
सम्हालि देउ मेरो मनलाई भन्दै कराएको छु
कल्पनामा बित्छन् दिन छट्पटिमा रातहरू
दुस्ख आफ्नो भाग सुख तिमिलाई गराएको छु
सुनिदेउ धड्कन मेरो तिम्रै साथ धड्किदै छ
नहुँदा तिमी साथ आँखा आँशुले भराएको छु
पागल भनुन् दुनियाँले पर्वाह छैन मलाई
निश्चल मनले तिमी लाई मन पराएको छु
प्रतिक्रिया दिनुहोस्