

हेटौंडा। विवाद हुँदा मकवानपुरको बकैया गाउँपालिकामा खुर्पा प्रहारबाट एक जना घाइते भएका छन् ।
शुक्रबार साँझ बकैया–१२ रातोमाटेमा स्थानीय २८ बुद्धिलाल न्यासुर र सोही ठाउँका स्थानीय २४ वर्षीय राजकुमार न्यासुरबीच विवाद तथा झै–झगडा हुँदा खुर्पा प्रहार भएको प्रहरीले जनाएको छ ।
सामान्य विवादमा बुद्धिलालले घरेलु हतियार खुर्पाले राजकुमारलाई प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले बुद्धिलाललाई नियन्त्रणमा लिएर टाउकोमा चोट लागेर घाइते भएका राजकुमारलाई हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्