हेटौंडा । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तान गाउँ गाउँमा पुगेर मतदाता भेट्न व्यस्त छिन् । चुनावी प्रचारप्रसारका क्रममा उम्मेद्वार मोक्तान मतदाताको घरघरमा पुगेकी हुन् ।

शनिबार थाहा नगरपालिका वडा नम्बर ७ को बिभिम्न टोलमा भएको घरदैलो कार्यक्रममा मतदाताहरुलाई आफु गठबन्धनका सबै पार्टीको साझा उम्मेद्वार भएकोले आफ्नो पार्टी सम्झेर गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरिन् । उनले गठबन्धनलाई बिश्वास गरी गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गरिन् ।

घरदैलो कार्यक्रममा नेपका माओबादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य लबशेर बिष्ट, प्रदेश परिषद सदस्य अरुण रायमाझी, बिनायक गोले, थाहा नगर सचिब लक्ष्मण बिष्ट, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य हरि बहादुर स्याङ्तान, नेपाली कांग्रेसका नेता रामचन्द्र कार्की, निर्माण ब्यवसायी महासंघ केन्द्रिय सदस्य रामबहादुर बिष्ट लगयत गठबन्धनका स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।