NTCHISI, MALAWI - JUNE 30, 2018: Unidentified students study in front of a small school building in a remote village near Ntchisi. Malawi is one of the poorest countries in the world.

एजेन्सी ।  विश्वका ५०  भन्दा  धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरुले बताएका छन् ।

धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले चेतावनी दिएको बीबीसीले जर्नाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा सङ्कट तथा बढ्दो ब्याजदरका कारण धेरै देश टाट पल्टिने अवस्थामा पुगेका हुन् । सम्भावित आर्थिक सङ्कटले गरिब देशका नागरिकहरूको जनजीवनमा गम्भीर प्रभाव पर्ने छ ।

श्रीलङ्कामा देखिएको जस्तै अवस्थामा ती देशहरूमा पनि आउन सक्ने छ । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सम्बोधन गर्दै स्टाइनरले आर्थिक सङ्कटको अवस्था आएमा जलवायु सङ्कट समाधान पनि थप कठिन हुने छ ।

यसले जलवायु सङ्कट समाधानमा थप जटिलता निम्त्याउने छ । इजिप्टमा अहिले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन चलिरहेको छ ।