हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा शिक्षक संगठनको अन्र्तक्रिया कार्यक्रम भएको छ । नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन बिच अन्र्तक्रिया भएको हो ।

बकैया गाउँपालिकाको आयोजनामा भएको अन्र्तक्रियामा शैक्षिक समस्या तथा समाधानमा संघ एवम् प्रदेश सरकारको भूमिका बिषयमा छलफल भएको थियो । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा क्षेत्र न.१
(क) का उमेदवार प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता तथा एकिकृत अखिल नेपाल शिक्षक संगठन बकैयाका अध्यक्ष रूद्र दाहाल (मदन)को सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संयुक्त निर्वाचन परिचालन कमिटी बकैयाका संयोजक दामोदर खनाल , बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री , नेपाल शिक्षक महासंघका मकवानपुर जिल्ला सचिव राजु गौतम, नेपाल शिक्षक संघ मकवानपुरका जिल्ला अध्यक्ष रामकुमार अधिकारी ,एकीकृत अखिल नेपाल शिक्षक संगठनका बागमती प्रदेश सदस्य बसन्त राई, प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठनका बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना लगायतले बर्तमान शैक्षिक समस्या र समाधानको बिषयमा आफ्नो धारणा राखेका थिए ।

नेपाल शिक्षक संघ बकैया गाउँपालिकाका अध्यक्ष घन बहादुर लामाले सहजिकरण गरेको कार्यक्रममा नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, तीनवटै पेशागत घटकको तर्फबाट शिक्षक महासंघ बकैयाका अध्यक्ष कुमार स्याग्वोले स्वागत मन्तव्य सहित शैक्षिक समस्या र शिक्षक महासंघ सित भएको संम्झौताका बिषयमा ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय गौतम,नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना ,बकैया गाउँपालिका सामाजिक बिकास संयोजक गोपाल न्यासुर ,बकैया गाउँपालिकाका स्रोत शिक्षक चन्द्र देवकोटा,नेपाल शिक्षक संघका मकवानपुर जिल्ला सल्लाहकार रामसागर गुरागाई,राजेश घिमिरे ,शिक्षक संघका मकवानपुर जिल्ला उपाध्यक्ष गणेश प्रसाद हुमागाई,जिल्ला कोषाध्यक्ष केशव देवकोटा, तारा कुमारी आचायर्य , शिक्षक संघ वागमती गाउँपालिकाका अध्यक्ष जयनेपाल थापा, शिक्षक संघ मकवानपुर गढी गाउँपालिकाका पूर्व अध्यक्ष यादवराज बराल,शिक्षक संघ बकैयाका सुरज लोप्चन ,शिक्षक संघ हेटौंडा उपमहानगरपालिकाका सचिव श्रीराम लुइँटेल लगायत पेसागत संघ,संगठनका प्रतिनिधिको उपस्थिती रहेको थियो ।