हेटौंडा । काठमाडौंको मुलपानी क्रिकेट रंगशालामा जारी बागमती प्रदेशस्तरीय १९ बर्षमुनि (यु–१९) क्रिकेट प्रतियोगितामा आज आइतवार भएको खेलमा मकवानपुर विजयी भएको छ ।

८ रनले ललितपुरलाई पराजित गर्दै मकवानपुरले विजयी सुरुवात गरेको हो । मकवानपुरले १८५ रन बनाउन सफल भएको थियो । मकवानपुरका तर्फबाट सक्षम बस्ताकोटी (कप्तान) ले ९७ रनको योगदान गरेका थिए । भोली सोमवार मकवानपुरको टिमले नुवाकोटसंग खेल्ने छ । नुवाकोट संग जिते मकवानपुरले फाइनलको यात्रातय गर्ने मकवानपुर क्रिकेट संघको कार्यवाहक सचिव बिनोद कुमार बानियाँले जानकारी दिए ।

छनौट प्रतियोगितामा मकवानपुर सहित काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन , नुवाकोट सहभागी छन् ।