हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५, तीनतलेमा ब्रेक फेल भएर ट्रिपर दुर्घटना हुँदा ट्रिपरमा सवार एकजना गम्भीर घाइते भएका छन । दुर्घटनामा सवारी चालक सामान्य घाइते भएका छन ।

बकैया गाउँपालिकाको छतिवनबाट फापरबारीतर्फ जाँदै गरेको प्रदेश २ ०३–००१ ख ८१४ नम्बरको ट्रिपर दुर्घटना हुँदा ट्रिपरमा सवार सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१२ का २४ वर्षीय सागर खड्का र बारा जिल्ला निजगढ नगरपालिका–५ का धर्मराज चौलागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रिपर चालक चौलागाई सामान्य घाइते रहेको र ट्रिपरमा सवार खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइते खड्कालाई भने भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।