हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा आज आइतवार एकै दिन १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार आज मनहरीमा मात्रै डेंगु संक्रमण पुष्टि भएको हो । मकवानपुरको अन्य पालिकामा भने आज शुन्य संक्रमण रहेको छ ।

गत साउनदेखि हाल सम्म मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ४०८ पुगेको छ । जिल्लामा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो ।