हेटौंडा । हेटौंडा–४ हुप्रचौरमा जारी निरज श्रेष्ठ स्मृति जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सोमवार भएको दोश्रो खेलमा भूटनदेवी मावि बिजयी भएको छ ।

टस हारेर भूटनदेवी माविले ब्याटिङ गरेको थियो । भूटनदेवीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २६१ रन बनायो । भूटनदेवीका तर्फबाट बिटु पालले ६१ रन, रोशन यादवले ६५ रन र हिमान्सु यादवले ३६ रनको योगदान गरे । फिल्डिङ रोजेको कमानेलेका श्रृजनले २ विकेट लिएका थिए ।

त्यस्तै २६२ रनको लक्ष्य पछ्याएको कमानेले २० ओभरमा ९ विकेट गुमाएर ८० रनमा समेटियो । कमानेका लागि जोएल गुरुङले २२ रन, पुुजन खड्काले २१ रनको योगदान गरे । प्रतियोगितामा नरेन्द्र अधिकारीले ३ र साजित खानले २ विकेट लिएका थिए ।

प्रतियोगितामा भूटनदेवीका हिमान्सु यादव म्यान अफ दि म्याच घोषित भएको मकवानपुर जिल्लाका राष्ट्रिय एमपाएर बिनोद कुमार बानियाँले जानकारी दिए ।

बुधवार भूटनदेवी माविले जिएस निकेतन संग पहिलो सेमिफाइनल खेल खेल्ने छ । भोलि मंगलवार विजेता हुने दुबै टिमले सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने बानियाले अनिरुद्र खबरलाई जानकारी दिए ।