हेटौंडा । हेटौंडा–४ हुप्रचौरमा जारी निरज श्रेष्ठ स्मृति जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सोमवार भएको पहिलो खेलमा २०१ रनले सिद्धार्थ मावि विजयी भएको छ । बाल जागृतिलाई १०२ रनमा रोक्दै सिद्धार्थ माविले जित पक्का गरेको हो ।

सिद्धार्थ माविले २० ओभरमा एक विकेट गुमाउँदै ३०३ रनको योगफल बनाउन सफल भएको थियो । सिद्धार्थका तर्फबाट गुड्डु यादवले १९२ रन र रिक्की यादव ९० रनको योगदान गरे ।

यता बाल जागृति १६ ओभर खेल्दै १०२ रनमा समेटियो । कमजोर खेल खेलेको बालजागृतिले १६ ओभरमै अलआउट भयो । बालजागृतिका तर्फबाट निश्चल दर्लामीले २८ रन र प्रज्ञान सुवेदीले २० रनको योगदान गरे ।

सर्वाधिक स्कोर बनाउन सफल सिद्धार्थ माविका गुड्डु यादव म्यान अफ दि म्याच घोषित भएको बिनोद कुमार बानियाँले जानकारी दिए ।