हेटौंडा । नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसको नीति, सिद्धान्त र निष्ठा विपरित पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेको भन्दै १६ जना नेता तथा क्रियाशील सदस्यहरुलाई कारवाही गरेको छ ।

जिल्ला अनुशासन समितिका संयोजक प्रभात कुमार दाहालले १६ जनालाई पार्टीको साधारण सदस्य नै नरहने गरी कारवाही गरिएको बताए । अनुशासनहिन गतिविधिमा संलग्न भई अर्कै पार्टीको उम्मेदवार बनेको र उम्मेदवारलाई जिताउन लागेकाले कारवाही गरेको जिल्ला सभापति बुद्ध लामाले बताए ।

कारवाही पर्नेमा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य भरत पराजुली, रिता खनाल, क्रियाशिल सदस्य रमेश ढकाल, सुजन गोपाली, निराजन बर्तौला, किशोर राना लगायत १६ जना रहेका छन् ।
हेर्नुहोस् विज्ञप्ती