हेटौंडा । हेटौंडा ४ हुप्रचौरमा निरज श्रेष्ठको स्मृतिमा जारी जिल्लास्तरीय अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज बिहिवार भूटनदेवि मावि र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी भिड्ने भएका छन् ।

हिजो बुधबार भएको सेमिफाइनल खेलमा भुटनदेवीले जिएस निकेतनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने सोलिड्यारिटीले आधुनिक राष्ट्रिय माविलाई पराजित गरेको हो । फाइनल खेल आज बिहीबार बिहान ११ बजेदेखि सुरु हुने मकवानपुर जिल्लाका राष्ट्रिय एमपाएर बिनोद कुमार बानियाँले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।