हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नं. १ बाट राजनीतिक दल र स्वतन्त्र सहित १६ जना उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले दिएको तथ्याङक अनुसार मकवानपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा ३५ बर्षदेखि ६७ बर्ष उमेरका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङक अनुसार अर्को बर्ष राप्रपाका अध्यक्ष तथा नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर प्रतिनिधि सभा सदस्य पदमा मकवानपुरको निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा होमिएका कमल थापाले बृद्ध भत्ता बुझ्ने भएका छन् । उमेरगत तथ्य अनुसार नेपाल सरकारले ७० बर्षबाट घटाएर ६८ बर्षमै बृद्ध भत्ता पाउने व्यवस्था गरेपछि अर्को बर्ष कमल थापाले बृद्ध भत्ता पाउने भएका हुन् ।

यस क्षेत्रमा ठुला दलले प्राय सबै ५५ बर्ष उमेर कटेका र बृद्ध भत्ता बुझ्ने उमेरका उम्मेद्वारहरु उठाएका छन । निर्वाचन आयोगबाट प्राप्त तथ्याङक अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार कमल थापा सबैभन्दा बृद्ध उमेरका अर्थात ६७ बर्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापा कान्छा उमेरका अर्थात ३५ बर्षिय युवा उम्मेद्वार चुनावी मैदानमा छन् ।

त्यस्तै यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बहादुर सिंह ६१ बर्ष, नेपाल मजदुर किसान पार्टीबाट सान्तलाल भैल ६० बर्ष, नेपाल कम्युनिष्ट पार्टीबाट (माक्सवादी लेनिनवादी) कृष्णप्रसाद दहाल ६० बर्ष, नेपाली काँग्रेसबाट महालक्ष्मी डिना उपाध्याय ५८ बर्ष, जनसमाजवादी पार्टी नेपालबाट मनबहादुर दाहाल ५३ बर्षका उम्मेद्वार रहेका छन् ।

त्यस्तै हाम्रो नेपाली पार्टीबाट दिपेन्द्र चन्द ठकुरी ४६ बर्ष, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल रुपम लामा ४४ बर्षिय, नेपाली काँग्रेस बिपीबाट सुरेन्द्र भट्टराई ४३ बर्षिय, स्वतन्त्र ताइतराम तामाङ ४३ बर्षिय, सचेत नेपाली पार्टी (एकल चुनाव चिन्ह) बाट पंचलाल तामाङ ४२ बर्षिय, मंगोल नेशनल अर्गनाइजेशनबाट युवराज लामा ४० बर्षिय, मौलिक जरोकिलो पार्टीबाट संगिन श्रेष्ठ ३८ बर्षीय, जनता समाजवादी पार्टीबाट इन्द्रमान थिङ ३७ बर्षीय, स्वतन्त्र सुभाष पौडेल ३६ बर्षीय र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा ३५ बर्षीय उम्मेद्वार रहेका छन् ।

त्यस्तै मकवानपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएका १६ जना मध्य एक जना मात्रै महिला उम्मेद्वार रहेका छन् । नेपाली काँग्रेसले मात्रै यस क्षेत्रबाट महिला उम्मेद्वार उठाएको छ । यस क्षेत्रबाट अरु सबै पुरुष उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् ।