हेटौंडा । अर्थविद् स्वर्णिम वाग्लेले राजनीति स्थिर भए मात्रै आर्थिक समृद्धि हुने बताएका छन ।

नेपाल लोकतान्त्रिक व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघ, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरको संयुक्त आयोजनामा उद्योग व्यवसायीहरूको वर्तमान समस्या र यसको समाधान सम्बन्धमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वाग्लेले कुशल राजनीतिज्ञ नहुँदा आर्थिक समृद्धि प्राप्त नहुने र देशमा आर्थिक तलरताको अवस्था आउने बताए । उनले आर्थिक समृद्धिका लागि कुशल राजनीतिज्ञ र स्थिर राजनैतिक अवस्था आवश्यक रहने बताए ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका वाग्लेले कार्यक्रम बोल्दै कोभिड र रुस र युक्रेनको युद्धका कारण विश्वमा मुल्य वृद्धि बढेको र त्यसको असरले हाम्रो भान्छामा महँगी बढेको तथ्याङ्क सुनाउदै अमेरिका लगायतका देशले मौद्रित नितिमा कडाई गर्दा वैङकले व्याजदर बढाए कर्जा संचित गरेको कुरालाई स्पष्ट समेत पारे ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य मकवानपुर क्षेत्र नम्बर –१ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर १(ख) का उम्मेदवार आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल,नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर अध्यक्ष काव्यमणी अधिकारी,नेकपा(एस)का केन्द्रीय सदस्य मधु अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतम लगायताकले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष सुवास ढुङ्गेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ वागमती प्रदेश उपाध्यक्ष सुन्दर न्यौपाने,नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर अध्यक्ष काव्यमणी अधिकारी लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा गायक तथा संगितकार चेतन सापकोटाले प्रस्तुती दिएका थिए ।