हेटौंडा । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर सहित मकवानपुरमा पनि मतदान सुरु भएको छ ।

मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । मकवानपुरको सिद्धार्थ मावि सहित सबै मतदान केन्द्रमा मतदान गर्ने काम सुरु भएको छ ।