हेटौंडा । प्रदेश निर्वाचन क्षेत्र नं. २ (क) मा नेकपा एमालेका उम्मेदवार बिष्णु ढकालले अग्रता कायमै गरेका छन् । ढकालले गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानलाई २७० मतले पछि पारेका छन् ।

हालसम्म १९ हजार १३४ मत गणना गर्दा एमालेका ढकालले ८ हजार ४३७ मत प्राप्त गर्दा मोक्तानले ८ हजार १६७ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका रामबहादुर घलेले १३ सय ८७ मत प्राप्त गरेका छन् । यहाँ हाल सम्म ६४५ मत बदर भएको छ ।