हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, सल्लेमा सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

मकवानपुरको भीमफेदी कुलेखानी फाखेल काठमाडौं सडकखण्डमा बिरगंजबाट काठमाडांैतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो दुर्घटना भएको थियो । सुमो सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६ जना गम्भिर घाईते भएका छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ । ६ जना घाईतेलाई काठमाडौंको टिचिङ अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जनकारी दिए ।