हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नं. २, प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार महेश कुमार बतौंलाको अग्रता कायमै रहेको छ ।

५० हजार ७०५ मत गणना गर्दा बतौंलाले २० हजार ३८ मत प्राप्त गर्दै अग्रता कायमै गरेका हुन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेद्वार बिरोध खतिवडा भन्दा १४ सय ३० मतले अग्रता लिएका छन् । खतिवडाले १८ हजार ६०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ६ हजार ८६४ मत प्राप्त गरेका छन । यहाँ २ हजार ४०३ मत बदर भएको छ । यस क्षेत्रमा १० जनाले उम्मेद्वारी दिएका थिए ।