हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौला निर्वाचित भएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५२१ मतान्तरले पराजित गर्दै बर्तौैला प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

मकवानपुर क्षेत्र नम्वर २ मा ८६ हजार ६५२ मत खसेको थियो । जसमध्य बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गर्दा उनका प्रतिस्प्रर्धी खतिवडाले ३० हजार ३९४ मत प्राप्त गरे ।

यस्तो अन्तिम मत परिणाम
खसेको मत : ८६३०१
बदर मत : ४०१०२
महेशकुमार बर्तौला : ३४९१६ (विजयी)
बिरोध खतिवडा : ३०३९४ (निकटतम प्रतिस्पर्धी)