हेटौंडा । जिल्ला बचत तथा ऋण सहकारी संघको शेयर पुँजी ४ करोड ४० लाख १५ हजार पुगेको छ ।

अघिल्लो आर्थिक बर्षमा ४ करोड ६ लाख ५५ हजार रहेकोमा यस बर्ष उक्त पुँजी बढेको प्रतिवेदन मार्फत सार्वजनिक गरिएको हो । संघमा ७६ करोड ११ लाख ३६ हजार ६७८ बचत रहेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघको शनिवार १७ औ बार्षिक साधारण सभामा यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीभित्र अवसर खोजेर अघिबढ्नु पर्ने बताए । सहकारीहरूले संवेदनशील समयमा शेयर लगानीकर्ताहरूसंग सहकारीको सहकार्य उत्कृष्ट रहेको देवकोटाले बताए ।

बार्षिक साधारणसभामा संघका अध्यक्ष कल्पना श्रेष्ठले संघले गरेको गतिविधि प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संघको प्रस्ताविक कार्यक्रम तथा योजनाहरु सचिव विरेन्द्र प्रसाद ढुङ्गानाले प्रस्तुत गरेका थिए । संघका कोषाध्यक्ष विष्णुमाया लामाले आगामी अनुमानित प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा लामा, हेटौंडा उपमहानगर वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जन, संघका सल्लाहकार बद्रीप्रसाद लम्साल, संघका लेखा संयोजक सुलोचना स्याङ्तान, जिल्ला दुग्घ उत्पादन सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी, भीमफेदी गाउँपालिकाका पुर्व उपाध्यक्ष पार्वती राना, बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका उपाध्यक्ष राधा सिन्तान, हेटौंडा उपमहानगरका शाखा अधिकृत सुस्मिता महत, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, ग्रामिण महिला सेवा केन्द्रका उपाध्यक्ष लक्ष्मी मोक्तान लगायतको आतिथ्यता रहेको थियो । संघमा १३९ साकोसहरू सदस्य रहेका छन् ।