हेटौंडा । लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय रहेका जयप्रकाश घिमिरे सम्मानित भएका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १७ औं बार्षिक साधारणसभामा घिमिरे सम्मानित भएका हुन् । उनले सम्मानपत्र सहित नगद प्राप्त गरे । उनी अशोक बाटिका सहकारीका पूर्व अध्यक्ष हुन् ।

साधारणसभामा उत्कृष्ट सहकारी महिला कर्मचारी अन्तरगत महिला कल्याण साकोसको मेनुका न्यौपाने, सहकारी अभियानकर्मीको रूपमा इन्द्र सरोवर गाउँपालिका उमा लामा, उत्कृष्ट दैनिक बचकर्ता सहकारीको रुपमा गणपति बाबा साकोस, एकीकरण भएका साकोसहरूमा श्रमिक सुरक्षित साकोस र दर्पण मनहरी साकोस, धेरै बचत जम्मा गर्न सफल साकोस हेटौंडा साकोस, सर्वाधिक ऋण परिचालन गर्ने सहकारीको रुपमा महिलासेवा साकोसलाई सम्मान गरेको हो ।

त्यस्तै समग्र तर्फ सर्वाधिक बचत जम्मा गर्ने साकोस हेटौंडा ७, हेटौंडा साकोस, सर्वाधिक ऋण परिचालन गर्ने साकोस हेटौंडा १३, महिला सेवा साकोस, सर्वाधिक शेयर खरिद गर्ने साकोस हेटौंडा ४, श्रमिक सुरक्षित साकोसलाई सम्मान गरिएको हो ।

त्यस्तै नगरपालिका/गाउँपालिका तर्फ सर्वाधिक बचत जम्मा गर्ने साकोस गढी ३ मक्रान्चुली जागण साकोस, सर्वाधिक ऋण परिचालन गर्ने साकोस थाहा नगरपालिका ६ बज्रबाराहि साकोस, सर्वाधिक शेयर खरिद गर्ने साकोस भीमफेदी ६ महिला जागृति साकोसलाई सम्मान गरिएको हो ।

त्यस्तै महिला साकोस तर्फ सर्वाधिक बचत जम्मा गर्ने साकोस हेटौंडा १५ महिला जनशक्ति साकोस, सर्वाधिक ऋण परिचालन गर्ने साकोस हेटौंडा १७, शुभकामना महिला साकोस, सर्वाधिक शेयर खरिद गर्ने साकोस इन्द्र सरोवर १ सृजना महिला साकोसलाई सम्मान गरिएको थियो ।

संघमा १३९ साकोसहरू सदस्य रहेका छन् । जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतकाले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।