हेटौंडा । हेटौंडाको गोरक्षश्वर राप्ति तटमा बैशाख १ गते देखि ७ गते सम्म विराट महायज्ञ हुने भएको छ ।

नयाँ वर्ष शुभकामना तथा पञ्चवर्षिय विराट महायज्ञ २०८० को आयोजना गर्न लागिएको महायज्ञ संयोजक अजयराज सुमार्गीले जानकारी दिए ।

हेटौंडाको गोरक्षश्वर राप्तीतटमा हरेक पाँच/पाँच वर्षमा महायज्ञ हुँदै आएको छ । आज शनिबार हेटौंडामा पञ्चवर्षीय महायज्ञ तयारीका लागी मुल समारोह समिति समेत चयन गरिएको छ ।

मुलसमारोह समितिको संयोजकमा उद्योगपति समाजसेवी अजयराज सुमार्गीलाई चयन गरिएको छ । गोरक्षश्वर क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालको अध्यक्षतामा भएको भेलाले सुमार्गीको मुल संयोजकत्वमा पञ्चवर्षीय महायज्ञको तयारी समिति समेत बनेको हो ।

हेटौडामा २०६० सालबाट हरेक पाँच वर्षमा आयोजना हुँदै आएको महायज्ञ सुमार्गीकै मुल संयोजकत्वमा आयोजना हुँदै आएको थियो । भेलाले अन्य विभिन्न समितिहरु चयनका लागी तयारी तिव्र रुपमा कार्यहरु अगाडि बढाउने बताईएको छ ।

नयाँ वर्षको दिनबाट हुने महायज्ञमा सवा ५ करोड दिप प्रज्वलन गरिने, खैजडी भजन प्रतियोगिता तथा धार्मिक कार्यहरु हुने अध्यक्ष ढकालले बताए ।

भेलामा लवशेर विष्ट, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, समाजसेवी अस्मिता सुमार्गी, केशवलाल श्रेष्ठ, कुमार पौडेल, राममान श्रेष्ठ तथा सामाजिक, धार्मिक संघ संस्था संग सम्बन्धीत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।