हेटौंडा । आनन्द मार्ग प्रचारक संघ नेपाल तथा आमसाई स्कुल हेटौंडाको संयुक्त आयोजनामा आज हेटौंडा ४ कर्रा चोकमा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

हेटौंडामा रगतको अभाव भईरहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस मकवानपुर शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।

रक्तदान संगै योग जनचेतना कार्यक्रम पनि गरिएको आमसाई स्कुलका प्रध्यानाध्यापक प्रभात खत्रीले बताए । हेटौंडा ४ कर्रामा रहेको आमसाइ स्कुलमा अध्यनरत बिद्यार्थीहरुले योग गर्नुका साथै योग र स्वास्थ्य संग सम्बन्धीत जनचेतनामूलक प्ले कार्डहरु बनाएका थिए ।
आज विहान ७ बजेदेखि १२ बजेसम्म कार्यक्रम संचालन भएको थियो ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता तथा आनन्द मार्ग प्रचारक संघ नेपाल शाखा मकवानपुरकी सभापति कोपिला श्रेष्ठको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य जनरल श्रेष्ठ, केशवलाल श्रेष्ठ, आचार्य ओमकारेश्वरानन्द अवधूत, आचार्य रत्नमुक्तान्द अवधूत, अवधूतिका आनन्द अनुरत्ती आचार्य, अवधूतिका आनन्द शाश्वती आचार्य, आमसाइ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीत कार्की, आनन्द मार्ग प्रचारक संघ नेपाल शाखा मकवानपुरका उपाध्यक्ष खेमराज लुईलेट, सह सचिव गीता शिवाकोटी, सदस्य तारा केसी, गिता रेग्मीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक प्रसाद दहालले प्राविधिक सहयोग गरेका थिए । चुनावको मिति घोषणा भएसंगै रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव भएका बेला आमसाईले गरेको कार्यक्रमले रगतको अभावलाई हटाएको उनले बताए ।