बुझेर बुझ्न नसकिने,
मेरो यात्रा कस्तो कस्तो
लाग्च कैले खहरे त
कैले साउने भेल जस्तो,
अरे यो यात्रा कस्तो कस्तो

लाग्च कैले रेल जस्तो,
कैले कैदीको जेल जस्तो
साच्चिकै हेर न सँगि हो
भ्रमपुर्ण बचपनको
पुतली को खेल जस्तो….

भन्छ जुनले, थाहा छैन
अझै घामले नदेखे जस्तो…
यो यात्रा कस्तो कस्तो
डढेलोले जलिसकेको ,,
खरानिको खाग जस्तो

अनवरत !!
यो यात्रा स्वयमले नबुझ्ने
हाडी गाउँको जात्रा जस्तो
हाडी गाउँ जात्रा जस्तो

ईश्वरा तिवारी कडेल
थप जानकारी