हेटौंडा । आन्तरिक राजस्व कार्यालय मकवानपुरले सबैभन्दा बढी आयकर तिर्ने हेटौंडाको बानियाँ सप्लायर्स प्रालिलाई सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कार्यालयले आर्थिक वर्ष ०७७/०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा बानियाँ सप्लायर्सलाई सम्मान गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सप्लायर्सका संचालक ऋषिराज बानियाँलाई सम्मानपत्र हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा आर्थिक बर्ष ०७७/०७८ मा विभिन्न विधामा बढी कर दाखिला गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा कर कार्यालय कर्मचारी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।