हेटौंडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न मंगालवार हेटौडामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले समन्वयात्मक बैठकको आयोजना गरेको छ ।

बैठकमा सहभागी विभिन्न सामुदायिक वनका पदाधिकारी र गैरसरकारी महासंघका पदाधिकारीहरुले घरबाटै महिला हिंसा मात्रै नभै सबै प्रकारको हिंसा अन्त्य हुनु पर्नेमा जोड दिएका थिए । सरकारी पक्षबाटै महिला हिंसाको क्षेत्रमा खासै काम नभएका, यसमा सबै पक्षबाट सरकारलाई दवाव दिनु पर्ने र यस क्षेत्रमा काम गर्न सबै पक्ष लाग्ने पर्नेमा जोड दिएका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल केन्द्रीय कार्यसमितिले मंसीर ९ गतेदेखि २४ गते सम्म विभिन्न प्रकारका कार्यक्रम गर्ने बताएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाईको प्रमुख आतिथ्यता एवम मकवानपुरका अध्यक्ष साधुरामा चौलागाईको अध्यक्षतामा बसेको बैठकले मंसीर १५ गते हेटौडामा वृहत जनचेतनामुलक ¥यालीको आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा फेकोफन मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका पदाधिकारी, गैरसरकारी महासंघका पदाधिकारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी