हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहान ७९ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ कत्ले खोलास्थित सडकमा डब्लुबी ५९ सी ६७३५ भारतीय नम्वरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त गाँजा ईलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।