हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री वडा घोषणाको लागि तयारी कार्यक्रम भएको छ ।

हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

२०८० आश्विन मसान्त भित्र यस वडालाई वालमैत्रि स्थानीय शासन वडा घोषणा गर्ने सर्बपक्षिय व्यक्तित्वहरुबाट प्रतिबद्धता व्यक्त गरिएको छ । विष्णु प्रसाद चौवेले प्रशिक्षण दिएको कार्यक्रममा वडा सदस्य एवम् सम्पर्क ब्यक्ति सविना विडारीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा वडाका पदाधिकारी, राजनैतिक दल, स्वास्थ्य संस्था प्रमुख, विद्यालयका प्रधानध्यापक, बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, बाल क्लवका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्य महिला वालवालिका विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले गरेकी थिइन् । ३ नं. वडा अध्यक्ष ढलक बहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रम वडा सचिव महेन्द्र चापागाईंले संचालन गरेका थिए ।