सुनगाभा केसमाथी सजाएर आए हुन्थ्यो
तेसै माथी घुम्टो ओडि लजाएर आए हुन्थ्यो

तिम्रो आगमन हुँदा तरङ्गित हुन्छ यो मन
आउनेबेला सङ्केत घण्टी बजाएर आए हुन्थ्यो

मुस्कान तिम्रो छुरा सरी मुटुलाई चोट दिने
जतन गरि मलम पट्टि लगाएर आए हुन्थ्यो

भाग्यको थाली थापि तिम्रै माया मागि राछु
फुलैफूलको डोलि चढि कजाएरआए हुन्थ्यो

तिमी आउने बाटो हेरी आँखा त्यतै बिच्छाई राछु
दुबै आँखा गाजलुले सजाएर आए हुन्थ्यो

हरि पराजुली
थप जानकारी