हेटौंडा । महिला हिंसा अन्त्यको माग सहित सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले विहिवार हेटौडामा सचेतनामुलक र्यालीको आयोजना गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज हेटौडामा सचेतनामुलक र्यालीको आयोजना गरिएको हो ।

महासंघको कार्यालयबाट शुरु भएको र्याली मानस चोक, संगम चोक, स्कूल रोड हुदै बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले घरबाटै महिला हिंसा अन्त्य हुनु पर्ने बताईन । महिला हिंसा अन्त्य गर्न सबै पक्ष लाग्नु पर्नेमा जोड दिदै अध्यक्ष पाठकले सरकारी पक्षबाट सोचे अनुसारको काम हुन नसकेको र यसको लागि सबै पक्षले सरकारलाई दवाव दिनु पर्ने बताईन ।

महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता लगायतकको सहभागिता रहेको थियो । कार्यक्रममा सचेनतामुलक सडक नाटक समेत प्रर्दशन गरिएको थियो ।