हेटौंडा । कम्युटर एशोसियसन नेपाल महासंघ (क्यान) मकवानपुरको अध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् ।

शनिबार भएको क्यानको १६ औं वार्षिक साधरणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । क्यानको उपाध्यक्षमा चिरनकुमार घिमिरे र उमेश थिङ, सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा श्रीराज खतिवडा, सहसचिवमा सञ्जयकुमार न्यौपाने चयन भएका छन् ।

यसैगरी सदस्यमा स्वागत अधिकारी, विकास अधिकारी, श्रवणकुमार श्रेष्ठ, संप्रस पौडेल, कृष्णदिप प्रधान, कृष्णप्रसाद मैनाली, जानुका श्रेष्ठ र सहदेव ढकाल चयन भएका छन् ।