हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ र्औ वार्षिक साधारणसभाको अवसरमा बिभिन्न बिधामा सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

संस्थाले ज्येष्ठ शेयर सदस्य कृष्ण नेपाल, सावित्री देवी ढुङगााना, मासिक बचतकर्र्ता रामचन्द्र सापकोटा,गोमा सापकोटा,असली कारोवारी शान्ता कुमारी डंगोल, रोम प्रसाद सापकोटा,उद्यमी ब्यवसायी सुशिला कुमारी श्रेष्ठ र दुर्गा बहादुर श्रेष्ठलाई पुरस्कृत गरेको छ ।

यसैगरि संस्थाले सञ्चारकर्मी कपिल खड्का, सदस्यता वृद्धि गर्ने कृष्ण आचार्य, संस्थापक शेयर सदस्य नवराज अर्याल, सुन्दरा अर्याल,बाल बचतकर्ता हिमाल अधिकारी, अनुसुया दाहाललाई पुरस्कृत गरेको छ ।

साधारणसभामा पशुपतिनाथ उपसमूह, दम्पती सम्मान र २०७८ सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यहरुका छोराछोरीहरु समेतलाई पुरस्कृत गरेको छ ।