हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ र्औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले लेखा परिक्षण प्रतिवेदन र लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

ससाधारणसभामा हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, राष्ट्रिय सहकारी बैंक हेटौडाका प्रमुख रामेश्वर अर्याल,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङगाना, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, साईराम सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, संस्थाका सचिव रोम बहादुर न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

२०७९ असार मसान्त सम्म २ हजार ७ सय १० जना शेयर सदस्यहरु रहेको र सोहि अवधिमा संस्थाले २५ करोड ९८ लाखको कारोवार गरेको छ ।

भीमसेन पौडेल
थप जानकारी