हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको ९ औं जिल्ला अधिवेशन यही माघमा हुने भएको छ ।

शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा बसेको बैठकले संघ मकवानपुरको अधिबेशन यही माघ ६ र ७ गते हेटौंडामा गर्ने निर्णय भएको संघका हेटौंडा नगर सचिव श्रीराम लुइँटेलले जानकारी दिएका छन् ।

शिक्षक संघका संघ प्रदेश तथा स्थानिय तहका पदाधिकारी हरु सहितको बैठकले पुस २३ गते भित्रमा सबै स्थानिय तहको अधिबेशन सम्पन्न गर्ने र २०७९ माघ ६ र ७ गते जिल्ला अधिबेशन गरिने निर्णय भएको लुइँटेलले बताएका छन् ।