हेटौंडा । हेटौंडा भेट्रान्स क्लबको अध्यक्षमा रमेश उप्रेती सर्वसम्मत चयन भएका छन । शनिबार हेटौंडा–५ स्थित पिप्लेमा भएको क्लबको आठौं वार्षिक साधारण सभाबाट अध्यक्षमा उप्रेती चयन भएका हुन ।

उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा नवराज बज्राचार्य र द्वितीय उपाध्यक्षमा ज्ञान बहादुर क्षेत्री, सचिवमा कविन सांगामी, सह–सचिवमा अतुल शर्मा र कोषाध्यक्षमा सरोज राजथला चयन भए ।

सदस्यहरुमा अनुप लामा, प्रशान्त पाख्रिन, राज कुमार श्रेष्ठ (ए), राजकुमार श्रेष्ठ (बी), अजय मानन्धर, मणिराज गौतम र सञ्जय थापा चयन भए ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष दीपक बज्राचार्यको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरे, ६ नम्बर वडाध्यक्ष विष्णु बहादुर दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामा लगायतको सहभागिता रहेको थियो ।