हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश कोषाध्यक्ष तथा मकवानपुर क्षेत्र नंबर १ का उम्मेद्वार टाकाराज थापा, क्षेत्र नंबर २ का उम्मेदवार भरत पराजुली सहितका टीमले संयुक्त रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका उपकुलपति विश्वराज जोशीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा एउटै शीर्षकमा रहेको बजेटलाई ५ ÷ ५ लाख गरि कोटेशन दिएको, ५ करोड भन्दा बढि पैसा टुक्रा टुक्रा गरि आफ्नो नजिकको सप्लायर्सलाई काम दिएको, नियम विपरित कर्मचारी भर्ना गरिएको र टेण्डर गर्दा स्पेक लक गरी आफ्नो नजिकको मान्छेलाई मात्र टेण्डर उपलब्ध गराएको आरोप छ ।