हेटौंडा ।  बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ ।

प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम राखिएको छ । जसअनुसार प्रस्ताव आह्वान गरेको हो । नश्ल सुधारका लागि विदेशबाट गाई आयात गर्नका लागि यस्तो सुविधा दिन लागेको हो ।

कतिसम्म पाइन्छ अनुदान ?

हवाई माध्यमबाट आयात गर्दा ढुवानीबापत प्रति गाई बढीमा एक लाख रुपैयाँसम्म पाइने उल्लेख छ । अनुदान बागमतीका १३ वटै जिल्लाका किसानको हकमा लागू हुने कार्यविधिमा उल्लेख छ । बागमतीका काभ्रे, चितवन, मकवानपुरमा धेरै गाईपालन हुने गर्दछ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/०८० मा विदेशबाट हवाइ मार्ग मार्फत गाई ढुवानी गर्नका लागि अनुदान रकम दिने जनाएको छ ।

रातोपाटीबाट