हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेमा ट्वाइलेटमा लडेर घाइते एक जनाको मृत्यु भएको छ ।

हेटौंडामा डेरा गरि बस्ने ओखलढुङ्गा जिल्लाका ४६ वर्षीय ज्ञान बहादुर कटुवालको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा कटुवाल ट्वाइलेटमा लडेर बेहोस अवस्थामा भेटिएका थिए । कटुवाललाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा डाक्टरले आइतबार साँझ ७ बजे मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।